नेपाल पत्रकार महासंघ गण्डकीद्वारा प्रदेशका पत्रकारलाई सुरक्षा सामग्री प्रदान

 

पोखरा, १२ बैशाख

कोभिड–१९ जोखिमका बेला कार्यक्षेत्रमा सक्रिय रहेका धवलागिरी क्षेत्रका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ ।

footwear zone

नेपाल पत्रकार महासङ गण्डकी प्रदेश समितिले शुक्रबार बागलुङ, पर्वत, म्याग्दी, स्याङ्जा र मुस्ताङका पत्रकारका लागि मास्क, सेनिटाइजर र ग्लोब्स प्रदान गरेको हो । समितिका उपाध्यक्ष शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सदस्य खेम सारु, सङ्गम घर्तीमगर र सन्तोष गौतमको उपस्थितिमा महासङका चारै जिल्ला शाखाका पदाधिकारीलाई सामग्री हस्तान्तरण गरिएको हो ।

महासंघका सल्लाहकार नवराज सुवेदी , अध्यक्ष त्रिभुवन पौडेल,सचिव ईन्द्र पौडेल तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका निवर्तमान अध्यक्ष गंगाधर पराजुलीको उपस्थितीमा सामग्री हस्तान्तरण गरिएको हो । प्रदेश समितिले महासंघ स्याङ्जा शाखाका अध्यक्ष ओमप्रकाश शर्मा लगायतका पदाधिकारीलाई सामाग्री हस्तान्तरण गरेको छ । बागलुङमा ४०, पर्वतमा ३५, म्याग्दीमा २४ र मुस्ताङमा १० ‘सेट’ सुरक्षा सामग्री उपलब्ध गराइएको समितिका महासचिव गणेश पौडेलले जानकारी दिए । उनका अनुसार गुणस्तरीय एन–९५ सहित सर्जिकल मास्क पनि प्रदान गरिएको छ ।

 

कोभिड–१९ को समाचार संकलन र सम्प्रेषणमा जोखिम मोलेर काम गरिरहेका प्रदेशका ११ वटै जिल्लाका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको समितिका उपाध्यक्ष शान्ति गुरुङले बताइन् ।उनले विशेष सुरक्षा सावधानी अपनाउँदै सङ्कटका बेला जिम्मेवार भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गरिन् । सामग्री बुझेपछि बोल्दै महासङ जिल्ला शाखा बागलुङका अध्यक्ष दिल शिरीषले सुरक्षा सामग्रीको उपलब्धताले पत्रकारको मनोबल बढ्ने धारणा राखे । शाखाले पनि विभिन्न निकाय र संघसंस्थासँग सहकार्य गरेर सुरक्षा सामग्री वितरण गरिरहेको उनको भनाइ छ । यस अघी प्रदेश समितिबाट सुरक्षा सामग्री अरु जिल्ला शाखालाई प्रदान गरिसकिएको छ । ।

You might also like

Comments are closed.