नेप्सेमा ३५.८९ अङ्कको गिरावट   

काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३५.८९ विन्दुले घटेर दुई हजार ६९९.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२९ ले घटेर ४८६.१६ मा ओर्लेको छ ।

कूल २०७ कम्पनीको एक करोड ९५ लाख २८ हजार ६५६ कित्ता शेयर रु आठ अर्ब ८० करोड १८ लाख तीन हजार २१५ मा खरिद बिक्री भए । आजको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब ३७ अर्ब ८२ करोड नौ लाख १० हजार बराबरमा रहेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूहको ०.०६ विन्दुले बढेको छ । यस्तै, बैंकिङ ३३.२९, व्यापार १२५.३९, होटल तथा पर्यटन ९२.७९, विकास बैंक ४८.३, जलविद्युत् ३२.३८, वित्त १६.०६, निर्जीवन बीमा १८३.१९, उत्पादन ६७.८६, अन्य २१.०१, लघुवित्त ५०.३२, जीवन बीमा ११६.६२ र लगानी ०.४६ विन्दुले ओरालो लागेको छ ।

कारोवारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ८७ करोड ६२ लाख ९९ हजार २६८ बराबरको कारोवार भयो । यस्तै, एनआइसि एशिया लघुवित्त रु ५५ करोड ३२ लाख २७ हजार १८०, नेपाल पूर्वाधार बैंक रु २७ करोड ९८ लाख ५६ हजार ४३४, अरुण काबेली पावर रु २६ करोड ७७ लाख १८ हजार १७५, एनआइसी एशिया बैंक रु २६ करोड ३८ लाख ९७ हजार ७३०, कामना सेवा विकास बैंक रु २४ करोड ७२ लाख ५० हजार २१०, नबिल बैंक रु २३ करोड ३४ लाख २१ हजार ४१२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
नेप्सेका अनुसार महिला लघुवित्त ९.९३, ज्योति लाइफ इन्स्योरेन्स ९.९१, दिव्यश्वरी हाइड्रोपावर ९.४५, नेपाल हाइड्रो डेभलपर ९.०३, एआरएन इन्फ्रास्टकचर ५.८६, जोशी हाइड्रोपावर ५.०७, अरुण काबेली पावर ४.४६, युनियन हाइड्रोपावर २.९९ र एचआइडिसिएलका लगानीकर्ताले २.९३ प्रतिशतले कमाए ।

footwear zone

त्यस्तै, गुडविल फाइनान्स ५.०९, कर्णाली डेभलपमेन्ट बैंक ४.६३, सांग्रिला डेभलपमेन्ट बैंक ४.४५, ज्योति विकास बैंक ४.२६, मल्टिप्रर्पोज फाइनान्स कम्पनी ४.२४, ग्रीन डेभलपमेन्ट बैंक ३.९२ र गुह्यश्वरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.५४ प्रतिशतले गुमाए ।

You might also like

Comments are closed.