न्यायका लागि बुहारीहरुको खबरदारी

पोखरा । साउन २२ गते कपिलवस्तुमा भएको करुणा घर्ती हत्याकाण्डका दोषीलाई हदैसम्मको कारबाहीको माग सहित पोखरामा दबाबमुलक कार्यक्रम भएको छ । मेची महाकाली बुहारी संयुक्त आवाज कास्कीले दोषीलाई कारबाही र पीडितलाई न्यायको माग सहित शुक्रबार दीप प्रज्ज्वलन तथा दबाबमुलक कार्यक्रम गरेको हो ।

संस्थाका प्रेस सल्लाहकार तथा पत्रकार कविता श्रेष्ठले करुणा घर्तीको बलात्कारपछिको हत्याकाण्ड घटनामा संलग्नलाई कुनै पनि बहानामा छोड्न नहुने भन्दै कडा कारवाहीको माग गरिन् ।

दबाबमुलक कार्यक्रममा बोल्दै संस्थाका कानुनी सल्लाहकार तथा अधिवक्ता तारा शर्माले महिला माथि हुने हिंसा न्युनीकरणका लागि घरबाटै आवाज उठाउनु पर्ने बताइन् ।

footwear zone

अधिकारकर्मी नोमा थापाले महिला सशक्तीकरण अहिलेको आवश्यकता रहेको बताउँदै हिंसा न्युनीकरणका लागि कानुनी सचेतना कार्यक्रममा जोड दिनुपर्ने धारणा राखिन् ।

कोरानाकालमा महिला माथि हुने हिंसा बढ्ने क्रममा रहेको र संस्थाले महिला माथि हुने हिंसा न्युनीकरणका .लागि खबरदारी तथा जागरणका कार्यक्रमहरु निरन्तर गरिरहने संस्थाका उपाध्यक्ष मनु शर्माले जानकारी दिइन् । चितवनमा भएको सुस्मिता हत्याकाण्डमा पीडितलाई न्यायको माग गर्दै संस्थाले यस अगाडि पनि दबाबमूलक कार्यक्रम गरेको सचिव गंगा मरासिनी बराइलीले जानकारी दिइन् ।

You might also like

Comments are closed.