पदमा रहँदा इमानदारी र निष्ठापूर्वक काम गरेँः खतिवडा

काठमाडौं । अर्थमन्त्रीबाट राजीनामा दिएका युवराज खतिवडाले पदमा रहँदा आफूले इमानदारीपूर्वक र निष्ठापूर्वक काम गरेको बताएका छन् । आफ्नो व्यक्तिगत अभिष्टका लागि केही नगरेको बताउँदै उनले आगामी दिनमा पनि निष्ठा कायम रहने बताएका छन् ।

उनले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै भनेका छन्, ‘मैले व्यक्तिगत अभिष्टका लागि केही गरेको छैन र आगामी दिनमा पनि गर्ने छैन । यो मेरो निष्ठा कायम रहन्छ । मैले पदमा रहँदा पनि इमानदारीपूर्वक र निष्ठापूर्वक ज्ञान र अनुभव प्रयोग गरेँ । सरकार बाहिर रहँदा पनि मेरो निष्ठा छाड्दिँन । निष्ठालाई कायम गर्ने कुरा जीवनपर्यन्त अभ्यासन गर्ने कुरा हो ।’

राष्ट्रिय सभा सदस्यमा पार्टीले उनलाई सिफारिस नगरेपछि खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् ।

You might also like

Comments are closed.