पर्यटन उद्योग चाँडै पुरानै लयमा फर्किन्छ : पर्यटन सचिव कोइराला

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले विश्वव्यापी महामारी कोभिड–१९ का कारण शिथिल बनेको नेपालको पर्यटन उद्योग चाँडै आफ्नो पुरानो लयमा फर्कनेमा विश्वस्त रहेको बताए

नवनियुक्त सचिव कोइरालाको स्वागतका लागि नेपाल पर्यटन बोर्डले आज भृकुटीमण्डपस्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले पर्यटन उद्योगलाई पूर्ववत अवस्थामा फर्काउन निजी क्षेत्रसँग सहकार्य गरी नयाँ नौलो र प्रभावकारी योजना र रणनीति बनाउन जरुरी भएको बताए ।

बोर्ड कार्यकारी समितिका अध्यक्षसमेत रहेका सचिव कोइरालाले बोर्डका गतिविधिलाई प्रभावकारी तुल्याउन सबै संयन्त्रलाई सक्रिय ढङ्गले परिचालन गरिनुपर्नेमा जोड दिए । बोर्डको कार्यकारी समिति सदस्य दीपक महतले आजको विषम र प्रतिकूल परिस्थितिमा नेपालको निजी क्षेत्रका पर्यटन व्यवसायीले सरकारबाट सहयोग र भरथेगको अपेक्षा गरेको कुरामा जोड दिए।

footwear zone

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बोर्डको चिनारी, नीतिगत व्यवस्था र पछिल्ला दिनका बोर्डका कार्यसम्पादनका विषयमा प्रस्तुतीकरण दिएका थिए । बोर्डको एकल युनियनका अध्यक्ष कुन्दन मिश्रले बोर्ड र कर्मचारीका यावत समस्या र समाधानका विषयमा धारणा राखेको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.