पार्टी प्यालेस व्यवसायमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छः भगवान बराल

भगवान बराल
सञ्चालक
बराल पार्टी प्यालेस तथा क्याटरिङ सर्भिस

‘सरकारले यो व्यवसायलाई निरुत्साहित होइन, प्रोत्साहन गरोस्’

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायमा लामो अनुभव भएका व्यक्ति हुन् भगवान बराल । बिरौटामा बराल पार्टी प्यालेस तथा क्याटरिङ सर्भिस सञ्चालन गरेका उनले व्यवसायमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनै बरालसँग बराल पार्टी प्यालेसका विशेषता, पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायको अवस्था लगायत विविध विषयमा केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानीः

footwear zone

पार्टी प्यालेस व्यवसायमा कहिलेदेखि लाग्नुभयो ?
म २०५६ देखि क्याटरिङ व्यवसायमा आबद्ध भएको हुँ । बिगत ६ वर्षदेखि पार्टी प्यालेस व्यवसाय सञ्चालन गरिरहेको छु । क्याटरिङ भन्दा अगाडि २०५३ सालदेखि पोखरामा चिया, खाजा तथा खाना खुवाउने सेवा व्यवसायमा थिएँ । त्यो भन्दा पनि अगाडि भारतमा काम गरेको अनुभव छ । अहिले पोखराको बिरौटास्थित जनजागरण मार्गमा ४ रोपनी जग्गामा बराल पार्टी प्यालेस तथा क्याटरिङ सर्भिस सञ्चालन गरिरहेको छु । यो व्यवसायलाई आधुनिक र परिस्कृत गर्नुपर्छ भन्ने मान्यता राख्दै स्तरीय सेवा प्रदान गर्न म सफल छु ।

बराल पार्टी प्यालेसको सेवा क्षमता कति छ ?
१ हजार ५ सय जना क्षमताको आधुनिक तथा सुविधा सम्पन्न हल छ । साना कार्यक्रमका लागि मिनी हलको सुविधा पनि छ । पर्याप्त पार्किङको सुविधा छ । एक पटकमा १ हजार भन्दा बढी व्यक्तिहरुलाई हामी खाना खुवाउन सक्छौं । हामीले ग्राहकको चाहना अनुसारको स्तरीय सेवा प्रदान गरिरहेका छौं । पारिवारिक वातावरणमा खाना खुवाउँछौं ।

पार्टी प्यालेसमा कति लगानी गर्नुभयो ?
पार्टी प्यालेसमा संरचना तयार पार्नका लागि मात्र करिब २ करोड रुपैयाँ भन्दा बढी लगानी भइसकेको छ । प्रत्यक्ष १० जनालाई रोजगारी प्रदान गरिएको छ भने सिजनमा ३०÷४० जनालाई पार्टटाइम जब प्रदान गर्न सफल छौं । आवश्यकता अनुसार लगाती बिस्तार भइरहन्छ ।

बराल पार्टी प्यालेसका विशेषताहरु के–के छन् ?
हामी गुणस्तरमा ध्यान दिन्छौं । ग्राहक तथा उपभोक्तालाई सन्तुष्ट बनाउँछौं । स्वस्थकर खाना खुवाउँछौं । छिटो छरितो स्तरीय सेवा प्रदान गर्न सक्नु नै हाम्रो विशेषता हो । पार्टी प्यालेस भित्र हुने कार्यक्रमका अतिरिक्त टेन्ट, कुर्चीको सेवा पनि उपलब्ध छ । अर्डर अनुसार प्रदेश ४ को जुनसुकै ठाउँ पुगेर क्याटरिङ सेवा दिन्छौं ।

पार्टी प्यालेसमा व्यवसाय कस्तो छ ?
पछिल्लो समयमा हामीले खरिद गर्ने हरेक सामानको मूल्य आकासिएको छ । मासुको मूल्य बढेको बढ्यै छ । ४ वर्ष अगाडि खसीको मासुको मूल्य ६ सय रुपैयाँ थियो । अहिले ९ सय ५० रुपैयाँ पुगेको छ । सिजन नहुँदा कुखुरा मासुको रेट घट्छ, हाम्रो व्यवसायको सिजन हुँदा बढ्छ । तर, हामीले ४ वर्ष अगाडिकै रेटमा सेवा प्रदान गरिरहेका छौं । धेरै पार्टी प्यालेस खुलेका छन् । अस्वस्थ प्रतिस्पर्धा पनि बढेको अनुभूति हुन्छ । यस्ता धेरै समस्या छन् । यद्यपि, हाम्रो व्यवसाय सन्तोषजनक नै छ ।

पार्टी प्यालेस व्यवसायको सिजन कुनकुन महिना हो ?
फाट्टफुट्ट सधैं नै व्यवसाय हुन्छ । यद्यपि, वैशाख, जेठ, असार, मंसिर, माघ, फागुन बढी व्यवसाय हुने महिना हुन् । बिबाह हुने महिना तथा ब्रतबन्ध, पूजा, पार्टी हुने समय नै हाम्रो सिजन हो । सेमिनार तथा गोष्ठीहरु प्राय सबै महिनामा हुने गर्छन् ।

व्यवसायबाट सन्तुष्ट हुनुहन्छ ?
महिले अगाडि पनि भनिसकेँ पछिल्लो समय व्यवसायमा बढी प्रतिस्पर्धा बढेको छ । कतिपय साथीहरु अस्वस्थ प्रतिस्पर्धा गर्न खोज्छन् । हामी राम्रो सेवा दिनुपर्छ भन्ने मान्यता राख्छौं । म व्यवसायको गरिमा बचाउन चाहन्छु । केही वर्ष अगाडिसम्म साह्रै राम्रो थियो, पछिल्लो समय अपेक्षा अनुसार व्यवसाय नभएको साँचो नै हो । यद्यपि, म मेरो व्यवसायबाट पूर्ण रुपमा सन्तुष्ट नै छु ।

अन्त्यमा, के भन्नुहुन्छ ?
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय संवेदनशील छ । आम उपभोक्ताको स्वास्थ्यसँग पनि यो जोडिन्छ । हामीले खुवाउने खाना स्तरीय हुनुपर्छ, स्वस्थकर हुनुपर्छ भन्न चाहन्छु । हामीले सेवामा कुनैपनि कमजोरी गर्दैनौं । सरकारले पनि लगानीमैत्री तथा व्यवसायमैत्री वातावरण बनाउन जरुरी छ । यो व्यवसायले प्रशस्तलाई रोजगारी दिएको छ । हामी करको दायरामा छौं । सरकारले यो व्यवसायलाई निरुत्साहित बनाउने होइन कि प्रोत्साहन गरोस् भन्न चाहन्छु ।

You might also like

Comments are closed.