पूर्वाधारका वारेमा शनिवार वृहत अन्तरक्रिया हुने

पोखरा, २२ असार ।

पर्यटन पत्रकार मञ्च पोखराको आयोजना तथा पर्यटन वोर्ड प्रदेश कार्यालयको सहयोगमा शनिवार गण्डकी प्रदेशमा आवश्यक पर्यटकीय पूर्वाधार तथा पोखराको भविष्यका वारेमा वृहत अन्तरक्रिया हुने भएको छ ।

विहान साढे आठ वजेपछि लेकसाईडको माउन्ट कैलास रिसोर्टमा संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुन लागेको हो ।

footwear zone

यस क्षेत्रको पर्यटनसँग सम्वन्धित विभिन्न व्यक्ति, संस्था तथा सरोकारवालाहरुको वृहत उपस्थितिमा हुने कार्यक्रममा नेपाल सरकारका पूर्र्व पर्यटन सचिव किशोर थापाले कार्यपत्र पस्तुत गर्ने छन् भने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी तथा प्रकृति संरक्षण कोषका पूर्व सदस्य सचिव जुद्धवहादुर गुरुङले टिप्पणी गर्ने कार्यक्रम छ ।

पोखरामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल र त्यसपछि आवश्यक पोखराको शहरी योजनाका एवं गण्डकी प्रदेशमा पर्यटनका सम्भावना र चुनौतीहरु गहिरो गरि केलाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको पर्यटन पत्रकार मञ्च पोखराका अध्यक्ष दीपक परियारले जानकारी दिए।

You might also like

Comments are closed.