पोखरामा सुविधा सम्पन्न फन पार्क बन्दै

सुरेन्द्र पौडेल
पोखरा, ३ मंसिर । पोखरा १७ सीतापाइलामा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न फनपार्क बन्ने भएको छ । आगामी वैशाखदेखि सञ्चालन गर्ने लक्ष्यसहित ‘फिस्टेल ड्रिम फन पार्क’ निर्माण भइरहेको छ । ६५ रोपनी जग्गामा निर्माण भइरहेको पार्कमा करिब ४० करोड रुपैयाँ लगानी हुने मार्केटिङ डाइरेक्टर हिराबहादुर केसीले जानकारी दिए ।

पार्कमा विभिन्न प्रकारका २४ वटा खेलका संरचनाहरु तयार पारिदैछ । फ्रिफल, ५ वटा स्विमिङ पुल, वेव पुल, रोलर कस्टर, १२ वटा इनडोर गेम लगायत विभिन्न गतिविधि पार्कमा समावेश गरिने केसीले जानकारी दिए । सुविधा सम्पन्न रेष्टुरेन्ट पनि बनाइने बताइएको छ ।

footwear zone

पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पार्क सञ्चालनमा ल्याउन लागिएको अपरेसन इन्चार्ज मदनकुमार श्रेष्ठले जानकारी दिए । भारत र चीनबाट सामानहरु आयात गरी पार्क निर्माणको काम धमाधम भइरहेको श्रेष्ठले बताए । ‘पोखरामा हामीले पर्यटकीय गतिविधि बढाउन योगदान पु¥याउनेछौं,’ उनले भने, ‘यहाँ आएका पर्यटकले एक दिन सजिलै कटाउन सक्छन् ।’ पोखरा आउने पर्यटकको बसाईं अवधि बढाउन समेत पार्कले सहयोगी भूमिका खेल्ने श्रेष्ठले बताए ।

विभिन्न पेशा व्यवसायमा आवद्ध १५ जना व्यवसायीले पार्कमा संयुक्त लगानी गरेका छन् । पार्क सञ्चालनमा आएपछि करिब २ सय जनाले प्रत्यक्ष रोजगारी पाउने केसीले जानकारी दिए । ‘नेपालमै हालसम्म सुरु नभएका खेल गतिविधिलाई समेत पार्कमा समावेश गर्ने तयारी भइरहेको छ,’ केसीले भने, ‘यो पार्कलाई नेपालकै नमूना प्रोजेक्टमा रुपमा विकास गर्ने हाम्रो लक्ष्य हो ।’

You might also like

Comments are closed.