पोखरामा खुल्यो प्रिटी गर्ल फिटनेस

पोखरा, १० असार । महिलाहरुको स्वास्थ्य तथा शारीरिक व्यायामलाई मध्यनजर गर्दै पोखरामा प्रिटी गर्ल फिटनेस सेन्टर खुलेको छ । पोखराको सिमलचौरमा खुलेको फिटनेस सेन्टरको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

महिलाहरुका लागि जिम, जुम्बा, बक्सिङ, स्टिम लगायतका सेवा सेन्टरबाट प्रदान गरिने अध्यक्ष अनिला गुरुङले जानकारी दिइन् । व्यक्तिगत र सामुहिक विभिन्न प्याकेजमा सेवा प्रदान गरिने उनले बताइन् । ‘महिलामैत्री वातावरणमा सेवा प्रदान हुन्छ,’ उनले भनिन्, ‘व्यस्त दैनिकीमा महिलाहरुका लागि फिटनेस सेन्टरको आवश्यकता महसुस गरी लगानी गरेका हौं ।’

footwear zone

स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन पनि फिटनेस सेन्टर खोलिएको प्रवन्ध निर्देशक सुमन श्रेष्ठले बताए । ‘बिहान ६ देखि साँझ ८ बजेसम्म सेवा प्रदान गरिनेछ,’ उनले भने । एक रोपनी जमिनमा स्थापना गरिएको फिटनेस सेन्टरमा करिब ६० लाख रुपैयाँ लगानी भएको सञ्चालक कुशुम गुरुङले जानकारी दिइन् । एक पटकमा ५० जनासम्मले सेवा लिन सक्ने उनले बताइन् ।

फिटनेस सेन्टरको शुभारम्भका अवसरमा बोल्दै राष्ट्रिय भलिबल टिमका सहायक क्याप्टेन मञ्जु गुरुङले स्वास्थ्यका लागि फिटनेस आवश्यक रहेको बताइन् ।

तस्बिरहरुः सन्दीप जोशी

You might also like

Comments are closed.