पोखरा माउण्टेन भ्यू सिटीको आयोजनामा खुल्ला रक्तदान

आर्थिक आवाज
पोखरा । लायन्स क्लब अफ पोखरा माउण्टेन भ्यू सिटीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पोखराको चिप्लेढुंगा शनिबार आयोजित रक्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको क्लबका सचिव माधव तिमिल्सिनाले जानकारी दिए ।

क्लबका अध्यक्ष टीकाराम सुबेदीको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पिएमसिसी दीपक श्रेष्ठले गरेका थिए । पहिलो रक्तदाता एवं क्लबका प्रथम उपाध्यक्ष बलराम आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रम संयोजक एवं क्लबका कोषाध्यक्ष रेवत बज्राचार्यले स्वागत मन्तव्य राखेका थिए भने रिजन चियर पर्सन शिवकुमार श्रेष्ठ, जोन चियर पर्सन दीपकराज घिमिरे, मीनराज काफ्ले, रक्त संचार केन्द्रका बरिष्ठ प्राबिधिक महादेव पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन सचिव माधव तिमिल्सिनाले गरेका थिए ।

footwear zone

 

You might also like

Comments are closed.