पोखरा विश्वविद्यालय प्रशासनलाई स्ववियुको एक हप्ते अल्टिमेटम

पोखरा, २ पुष ।

स्वतन्त्र विद्यार्थी यूनियन पोखरा विश्वविद्यालयले आफ्ना मागहरुलाई वेबस्ता गरेको भन्दै विश्वबिद्यालय प्रशासनलाई एक हप्ते अल्टिमेटम दिएको छ ।
विगत ९ महिना देखी बिभिन्न चरणमा गरिएका मागहरु प्रति प्रशासनले चासो नदिएको भन्दै एक हप्ते अल्टिमेट दिइएको हो स्वबियु सभापति सुनिल तिमिल्सिनाले भने ।उनले एक हप्ता भित्रमा मागहरु सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रत्येक प्रदेशमा एक एक आंगिक क्याम्पस खोलिनुपर्ने , विश्वविधालय भित्र बैकिंङ सुविधा व्यबस्थापन गरिनुपर्ने , प्रत्येक संकायको आफ्नै परिक्षा नियन्त्रक तोकिनुपर्ने ,विधार्थीहले रिचेकिङ गर्न पाउनुपर्ने जस्ता मागहरुलाई स्वबियुले प्रशासन समक्ष राखेको छ ।

footwear zone

‘हामिले बिभिन्न चरणमा मागहरु राख्दै आएका छौं हाम्रा मागहरु विश्वबिधालय र बिधार्थीको हितमा छ’ सभापति तिमिल्सिनाले भने, ‘ प्रशासन गम्भिर देखिएन , हाम्रो मागलाई सम्बोधन हुने उचित वातावरण बनेन भने कडा आन्दोलन गर्न बाध्य हुनेछौं ’ ।

You might also like

Comments are closed.