पोखरा ९ मा आधुनिक कौसी खेती तालिम

पोखरा, २० बैशाख

पोखरा महानगरपालिका ९ को वडा स्तरिय कृषि सञ्जालको आयोजनामा आधुनिक कौसी खेती तालिम सम्पन्न भएको छ । तालिम २ दिन सम्म चलेको थियो ।
कार्यक्रममा वडा अध्यक्ष रामराज लामिछानेले शहरीकरणको विकास संगै करेसावारी पाउन मुस्कील भएको अवस्थामा कौसीमा खेती गरेर वातावरण स्वच्छ पार्नुका साथै स्वस्थ तरकारी सेवन गर्न पाउने तथा आर्थिक समस्या पनि केहि हद समाधान हुने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा पोखरा महानगरपालिका कृषि शाखा प्रमुख मनहर कडरीया र सुरोज चिलुवालले प्रशिक्षण दिएका थिए ।

footwear zone

तालिममा ६५ जनाको सहभागिता रहेको थियो भने कौसी खेतीको तालिमका साथै कम्पोष्ट मल वनाउन सिकाइएको उक्त तालिममा कम्पोष्ट मल वनाउने विन वितरण समेत गरिएको थियो ।

कृषि सञ्जालकी अध्यक्ष तथा कार्यक्रम संयोजक लक्ष्मी पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विमला रानााभाटले र संचालन सचिव शान्ति भुजेलले गरेका थिए ।

You might also like

Comments are closed.