पोषणयुक्त आहार, स्वास्थ्य एवं दीर्घ जीवनको आधार

पोखरा ।
जीवनस्तर सुधार तथा जागरणको लागि विविध प्राकृतिक स्रोतको उपयोग नामक गैर सरकारी संस्थाको को आयोजनामा पोषणयुक्त आहार, स्वास्थ्य एवं दीर्घ जीवनको आधार विषयक वेविनार सम्पन्न गरेको छ । कार्यक्रममा जापानको एहिमे युनिभर्सिटीबाट फूड एण्ड न्युट्रिसन मा विद्यावारिधी तथा पोष्ट डक्टरेट गरेका डा. केशव भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

हामीले आजकल प्रयोग गर्ने आहार विहारले नै हामीलाई दीर्घरोग तर्फ धकेलिरहेको तथ्यलाई उजागर गर्दै खाना बाट नै त्यस्ता दीर्घ रोगहरु जस्तै, व्लड प्रेशर, मधुमेह, थाइराइड, मोटोपन, क्यान्सर जस्ता रोगहरु निर्मूल पार्न सकिने कुरामा डा. भट्टराईले जोड दिए ।

विहानको ११ बजे देखी जुम एपबाट सुरु गरीएको उक्त कार्यक्रम १२.३० सम्म संचालन भएको थियो भने पोखरा, काठमाण्डौ, भारत, जापान लगायत बाट करिब ३७ जना जिज्ञासुहरु सहित जाइका अल्मुनाईका अध्यक्ष डा.रामचन्द्र भुसाल समेत उपस्थित थिए ।

footwear zone

विशेष गरी कार्यक्रममा दीर्घ जीवनको लागि काचो खान मिल्ने, सागसब्जि, फलफुल वा सलाद प्रयोग गर्ने र जंक तथा तैयारी वा पेकेजिङ भएका खानाहरुलाई निरुत्साहित गर्नु पर्ने बताए भने डाइट प्लान, ब्रत कसरी वस्ने लगायतमा छलफल भएको थियो । कोरोनाको संक्रमण बढी रहेको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने, सेल्फ हिलिङको वारेमा व्यापक छलफल भएको थियो । कार्यक्रम संचालन गदै संस्थाका कार्यकारी सदस्य  अविन गुरुङले यस्ता जनस्वास्थ्य र वातावरण सम्बन्धि कार्यक्रमहरु आगामी दिनमा निरन्तरता दिने बताए ।

You might also like

Comments are closed.