पोखरा ।लामो तथा छोटो दुरीका यात्रुबहाक सवारी साधन सुचारु भए संगै सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गरी गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडाले ट्राफिक सचेतना कार्यक्रम शुरु गरेको छ ।
विभिन्न विद्यालय र कलेजसंगको समन्वयमा भर्चुअल माध्यमबाट ट्राफिक सचेतनामूलक कार्यक्रम संचालन गर्न सुरु गरेको हो । कार्यालयले पोखरा ७ मासवारमा रहेको मदरल्याणड मा.वि.मा कक्षा १२ मा अध्यनरत १ सय २५ जना विद्यार्थीहरुलाई सडक अनुशासन, सवारी दुर्घटना न्यूनिकरण, स्कटुर तथा मोटर साईकल जस्ता साना सवारी चलाउँदा ध्यान दिनु पर्ने कुराहरु, विद्यमान मुख्यमुख्य ऐन नियम लगायतका विषयमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले प्रशिक्षण दिएका थिए ।
कोरोना महामारीबाट बच्न अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्न पनि उनले आग्रह गरेका छन् । आगामी दिनमा पनि प्रशिक्षण कार्यलाई निरन्तरता दिने ढकालले बताए ।




Comments are closed.