प्रदेश नं १ का आन्तरिक मामिला मन्त्रीलाई कोरोना सङ्क्रमण

मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्टट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षणका लागि दिएका थिए । कोरोना पोजेटिभ पुष्टि भएको उनका निजी सचिव रवि खनालले दिए ।

मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराएका थिए । । उनि अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बसेका छन् । मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ । आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई सजग रहन उनले आग्रह गरेका छन् ।

यसैगरी मन्त्री कार्कीका निजी सचिव खनाललाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनि अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेशनमा छन्। उनको स्वास्थ्यावस्था पनि सामान्य छ ।

You might also like

Comments are closed.