प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा मानव साङ्लो प्रदर्शन

 

पोखरा, २५ जेठ

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै पोखरामा पत्रकारहरुले मानव साङ्लो प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजनामा शनिबार विहान पत्रकारहरुले मानव साङ्लो प्रदर्शन गरेका हुन् । पोखरा चिप्लेढुंगाबाट शुरु भएको मानव साङ्लो प्रदर्शन महेन्द्रपुलमा पुगेर समापन भएको थियो ।

footwear zone

समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभूवन पौडेलले अहिले चुप लागेर बस्दा ठूलो दुर्घट्ना हुनसक्ने भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सबै एकजुट भएर लड्नुपर्ने बताए । उनले नया ल्याउन लागिएको मिडिया विधेयकमा प्रेस तथा अभिव्यक्ति बिरोधी प्रावधान भएकाले नेपाल पत्रकार महासंघ आन्दोलनमा गएको स्पष्ट पारे ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रबिन्द्र बास्तोलाले सडकमा भईञ्जेल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दुहाई दिने राजनीतिक दलहरु सरकारमा पुगेपछि तिनै प्रेसको घाँटी निमाठ्ने गरेको बताए । उनले टुंगोमा नपु¥याएसम्म आन्दोलन रोक्न नहुने बताए ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य द्वय पूण्य पौडेल र नवराज सुबेदी तथा बरिष्ठ पत्रकार नारायण कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघले गरेको आन्दोलनप्रति प्रतिबद्धता जनाए ।

You might also like

Comments are closed.