काठमाडौं । बागमती प्रदेशमा कोरोना संक्रमित करिब १६ हजार जना पुगेका छन् । सोमबारसम्म प्रदेशभर १५ हजार ९ सय ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये ७ हजार ८ सय १९ जनाले कोरोना जितेर निको भइसकेका छन् । ८ हजार जना अहिले उपचाररत छन् । मुख्य हुनेको संख्या प्रदेशभर १ सय १७ रहेको छ ।
नेपालमा देशभर हालसम्म ५५ हजार ३ सय २९ जनालाई कोरोना संक्रमण भएको छ । संक्रमित मध्ये ३९ हजार ५ सय ७६ जना कोरोना मुक्त भइसकेका छन् । देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ६० पुगेको छ ।




Comments are closed.