बाढी पहिरो पीडितलाई लायन्सको साथ

 

पोखरा ।

“जहाँ आवश्यकता त्यहाँ लायन्स” भन्ने नारालाई आत्मसात गर्दै लायन्स क्लब इन्टरनेशनल ३२५ वि बानले बागलुङ र म्याग्दीका बाढी पहिरो पीडितलाई राहत सहयोग गरेको छ ।

footwear zone

बाढी र पहिरोले आक्रान्त बागलुङको बोबाङ र म्याग्दीका बाढी पहिरो पीडितहरुको लागी एलसिआइएफबाट  प्राप्त इमरर्जेन्सी ग्रयान्ट अन्तर्गत   १६० परिवारको लागी त्रिपाल, म्याट्रेस, ब्लाङ्केट, चामल, दाल, गेडागुडी, तेल, नुन लगायतका राहत सामग्री रहेको पि.आर.ओ ईन चिफ राम बसेलले जानकारी दिए ।

राहत सामग्री पठाईएको र बागलुङ र म्याग्दीका लायन्सले सम्बन्धित क्षेत्रमा गएर तत्काल  बितरण गर्ने बताईएको छ । ।  बागलुङको लागी अरु सहयोगको आवश्यकता रहने हुँदा लायन्स सदस्यलाई सहयोगको लागि अपिल समेत  गरिएको छ ।

You might also like

Comments are closed.