बाबा आनन्द सञ्चार पुरस्कार परियारलाई दिने निर्णय

पोखरा, ४ मंसिर ।

बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा स्थापित बाबा आनन्द सञ्चार पुरस्कार– २०७५ कान्तिपुर दैनिकका पत्रकार दीपक परियारलाई प्रदान गरिने भएको छ । मंगलबार बसेको प्रतिभा छनोट समितिको बैठकले बिगत ११ बर्षदेखि निरन्तर पत्रकारिता पेशामा संलग्न रहदै आएका परियारलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पोखरा महानगरपालिका ३२ निवासी उनले जनदिशा राष्ट्रिय दैनिकबाटबाट पत्रकारिता सुरु गरेका हुन् । उनले यसअघि पोखरामै रहेर स्वाभिमान साप्ताहिक, गोरखापत्र राष्ट्रिय दैनिक, हटलाइन दैनिक, समाधान दैनिक, नेपाल खबर डट कम, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा संवाददाताको रुपमा काम गरिसकेका छन् । गण्डकी खबर दैनिकको संवाददाताबाट सहसम्पादक हुँदै कार्यकारी सम्पादकको जिम्मेवारी सम्हालेको अनुभव उनीसँग छ ।

footwear zone

उनी वन विज्ञान अध्ययन संस्थान पोखरामा अध्ययन गरेकोले पनि वातावरण बिटमा रिपोर्टिङ गर्न रुचाउँछन् । साहित्य, मनोरञ्जन, खेलकुद उनका रुचीका विषय हुन् । बाल, महिला, दलित लगायत सिमान्तकृत समुदायको अधिकारका विषयमा उनले निरन्तर रिपोर्टिङ गरिरहेका छन् । विशेषतः फिचर लेखनमा जोड दिने उनको चासो खोजमुलक र जनजीविकासँग सम्बन्धित समाचारमा छ । फोटो पत्रकारितामा समेत उनी धेरथोर दख्खल राख्छन् । नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव उनी यसअघि मीना गुरुङ सिर्जनशिल पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

मंसिर ९ गते आईतवार प्रदान गरिने पुरस्कार स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा वहाँका परिवारजनबाट स्थापित भएको हो । पन्ध्र हजार एक सय एघार रुपैयाँ पुरस्कार राशी रहेको पुरस्कार स्वर्गिय श्रेष्ठको बार्षिक पुन्य तिथिको अवसर पारी प्रत्येक बर्ष प्रदान गरिदै आएको छ भने यस बर्षदेखि पुरस्कारको राशी बृद्धि गरि १९ हजार ५ सय ५५ रुपैया पुरर्याएको छ ।

बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणको बिषयमा बर्ष भरी उष्कृष्ट लेख तथा समाचार पकाशन एवं प्रशारण गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मिलाई सो पुरस्कार प्रदान गरिने पुरस्कार छनोट समितिका सदस्य सचिव एवं बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले बताए ।
प्रतिभा छनोट समितिमा नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष नारायण कार्कीकोे संयोजकत्वमा सदस्यहरुमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुर्व सम्मानित ब्यक्तित्व कृष्णमणी बराल पुरस्कार स्थापना गर्ने परिवारका सदस्य सर्मिला श्रेष्ठ र बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी रहेका छन् ।

You might also like

Comments are closed.