बार्षिकोत्सबको अवसरमा बृक्षारोपण र ट्राफिक सचेतना , सोमबार नि;शुल्क स्वास्थ्य शिविर

पोखरा, ३१ भदौ ।

ओम डेभलभमेण्ट बैंक लिमिटेडको आयोजनामा बृक्षारोपण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बैंकले आफ्नो मुख्य शाखाको १८ औं बार्षिकोत्सवको सन्दर्भमा त्रिदिवसिय कार्यक्रम अन्र्तगत पोखरा महानगरपालिका वडा नम्बर २६ खास्टे ताल वरपर बृक्षरोपण एवम त्यहाँ अवस्थित मन्दिरका लागि आवश्यक सामाग्री प्रदान गरिएको शाखा प्रबन्धक सुदिप पौडेलले जानकारी दिए । त्रिदिवसिय कार्यक्रम अन्र्तगत आइतबार पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सभागृहचोक हुदै न्युरोडका सडक तथा सडक पेटीमा ट्राफिक सचेतना गरिएको थियो ।

सचेतना कार्यक्रममा पैदल यात्रीलाई फुटपाथको प्रयोग तथा सडक पार गर्दा अपनाउनु पर्ने सावधानी, जेव्राक्रसको अनिवार्य प्रयोग बारे सचेतना प्रदान गरेको शाखा प्रबन्धक पौडेलले जानकारी दिए । यस संगै सार्वजनिक सवारी साधनका सवारी चालकलाई ट्राफिक अनुशासन र सडक अनुशासनका बारे पनि जानकारी गराइएको थियो ।

footwear zone

अन्तिम दिन असोज १ गते निःशुल्क स्वास्थ्य जाँच एवम औषधी वितरण गरिने छ । स्वास्थ्य शिविरका लागि एडभान्स पोलिक्लिनिकको प्राविधिक सहयोग रहेको छ । बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान, सार्वजनिक क्षेत्रमा सरसफाई, छात्रवृत्ति प्रदान, बृक्षारोपण लगायत अन्य कार्यक्रम पनि गर्दै आएका छ । असोज १ गते ओम डेभलपमेण्ट बैंकको मुख्य शाखाले सेवाको १८ वर्ष पुरा गर्दैछ ।

You might also like

Comments are closed.