पोखरा, ९ पुस । पोखराको बिरौटामा सिटिजन फार्मेसी संचालनमा आएको छ । विगत २२ वर्षदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशिल औषधी ब्यवसायी मेघनाथ काफ्लेले पोखराको विरौटामा सिटिजन फार्मेसी शुरु गरेका छन् ।
आज एक कार्यक्रमका बीच लायन्स डिस्ट्रिक्ट ३२५ बी १ नेपालका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्य र नेपाल औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष रामबहादुर के.सी. ले संयुक्त रूपमा फार्मेसीको उद्घाटन गरेका छन् ।
पोखराको बगरमा २२ वर्षदेखी सञ्चालित चिरायु मेडिकल सर्भिस र पृथ्बीचोकमा स्याङ्जा सिटि फार्मेसी संचालन गरिरहेका सञ्चालक मेघनाथ काफ्लेले अब विरौटामा पनि सबै किसिमका औषधि सेवा तथा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यो नयां फार्मेसी सञ्चालनमा ल्याएको बताए ।

फार्मेसीले गुणस्तरीय औषधि बिक्री वितरणका साथै सेवाग्राहीहरूलाई छिटै अत्याधुनिक ल्याब र विशेषज्ञसेवा उपलब्ध गराउने लक्ष्य रहेको काफ्लेले बताए ।
सिटिजन फार्मेसी सुभारम्भकै अवसरमा स्याङ्जा अर्जुनचौपारी गाउँपालिका निवासी स्व शिवप्रसाद अर्यालका ढेड बर्षीय अनाथ बालकको पालनपोषणका लागी काफ्ले परिबारले आर्थिक सहयोग समेत गरेका छन । उक्त सहयोग रकमको चेक सञ्चालक मेघनाथ काफ्ले र गोमा काफ्लेले बालकका आफन्त कमल अर्याललाई हस्तान्तरण गरेका थिए ।




Comments are closed.