बुढीबजारमा दीप आइसक्रिम उद्योग

पोखरा, ८ जेठ

पोखरा २६ बुढीबजारमा दीप आइसक्रिम उद्योग सञ्चालनमा आएको छ । प्रदेश नम्बर ४ का कृषि मन्त्री लेखबहादुर थापाले सोमबार उद्योगको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले कृषिलाई व्यावसायिक बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए ।

करिब ८० लाख लगानी रहेको आइसक्रिम उद्योगले पार्टी प्याक, चोकोबार, खुवाको कुल्फी, पप्स, ट्वान्टी वान लभ लगायतका आइसक्रिम उत्पादन गर्ने उद्योगका सञ्चालक पम्फा देवकोटाले जानकारी दिइन् । उद्योगमा देवकोटा र रामचन्द्र अधिकारीको लगानी छ ।

footwear zone

उद्योगका सञ्चालक पम्फा देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २६ का वडाध्यक्ष नारायण बराल, डेरी एसोसिएसन केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र बजगाईं, अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमका अध्यक्ष शारदा बस्नेत, उपाध्यक्ष शान्ति थापा लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.