बुद्ध विशाल बजारको रक्तदान कार्यक्रम, ६६ युनिट रगत संकलन

आर्थिक आवाज
पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनद्वारा बुधबार आयोजित रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेका छन् । संस्थाले वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष शंकर बास्तोला एसोसिएसनले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

footwear zone

एसोसिएसनका अध्यक्ष केशबबहादुर खत्रीको सभातित्वमा आयोजित रक्तदान कार्यक्रममा कस्मेटिक व्यवसायी संघका अध्यक्ष उमपति ढकाल, कपडा व्यवसायी एसोसिएसनका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, थोक व्यवसायी संघका अध्यक्ष तामलाल घिमिरे लगायतले बोलेका थिए ।

कार्यक्रम संयोजक तथा एसोसिएसनका उपाध्यक्ष शिव शर्माले स्वागत मन्तव्य राखेका थिए भने निवर्तमान अध्यक्ष प्रदीपकुमार मुल्मीले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन महासचिव ईन्द्रराज अर्याल गरेका थिए ।

You might also like

Comments are closed.