बुधबार हुने ‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’को तयारी पुरा

पोखरा, १९ भदौ ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी ‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गरिएको छ । पोखराको चिप्लेढुङगामा रहेको थर्ड आई एजुकेसनले आफ्नै सेमिनार हलमा भदौ २० गते बुधबार फेयर आयोजना गरेको हो । फेयरको सम्पूर्ण तयारी पुरा भएको प्रवन्ध निर्देशक ओमप्रकाश गैरेले जानकारी दिए ।

फेयरमा अष्ट्रेलियाका १५ वटा भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने उनले बताए । फेयरको बैंकिङ पार्टनर एनआइसी एसिया बैंक छ । ‘एउटै ठाउँमा धेरै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर सिधैं परामर्श लिन पाइने भएकाले फेयर उपलब्धीपूर्ण हुनेछ,’ उनले भने, ‘फेयरमा पोखरा क्षेत्रका विद्यार्थीको भिड लाग्ने विश्वास लिएको छु ।’

footwear zone

अष्ट्रेलियाको शिक्षा प्रणाली, परिवर्तिन नीति, कलेज तथा युनिभर्सिटीका कोर्षहरुका बारेमा फेयरमा विस्तृत जानकारी दिइने गैरेले जानकारी दिए ।

You might also like

Comments are closed.