बेष्ट फाइनान्स लिमिटेड र नेपाल रेडक्रस सोसाईटी बिच स्वास्थ्य सम्झौता

पोखरा, ८ फागुन ।

बेष्ट फाइनान्स कम्पनी लिमिटेड र नेपाल रेडक्रस सोसाईटी, कमलादी च्याप्टर बिच स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धिका कार्यक्रम गर्ने बिषयमा संझौता भएको छ ।

संझौतापत्रमा बेष्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी र नेपाल रेडक्रस सोसाईटी, कमलादी च्याप्टरका तर्फबाट सचिव माधव अधिकारीले हस्ताक्षर गरेका छन् ।

footwear zone

फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाईटी, कमलादी च्याप्टरसंग स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम, रक्तदान कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी सामाग्री वितरण कार्यक्रम लगायत समाजमा स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने कार्यक्रमहरु गर्नका लागि यो सहकार्य गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

You might also like

Comments are closed.