ब्युटीपार्लर एशोसयसनले ग¥यो सौन्दर्यकर्मी प्रधानलाई सम्मान

पोखरा, २४ फागुन

१०९औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ब्युटीपार्लर एशोसिएसन कास्कीले पोखरा—११ फुलबारी स्थित सौन्दर्यकर्मी चन्द्रा प्रधानलाई सम्मान गरेको छ । दिवसको अवसरमा एशोसिएसनले शुक्रबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा ३३ वर्ष देखि निरन्तर रुपमा सौन्दय व्यवसायमा लागेको भन्दै प्रधानलाई सम्मान गरिएको हो । प्रधानलाई कार्यक्रमका प्रमुख अतिथि एशोसिएसनका वरिष्ठ सल्लाहकार तथा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङले सम्मानपत्र, दोसल्ला, खादा र बुकेले सम्मान गरेकी हुन् ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले आर्थिक सशक्तिकरणको लागि सौन्दर्य व्यवसायले व्यक्तिलाई मात्र नभएर राष्ट्रलाई नै सहयोग गरिरहेको बताइन् । त्यसैले सौन्दर्य व्यवसायीको हक, हित र अधिकारको लागि व्यवसायीहरुको प्रतिनिधित्व गर्दै आफु पोखरा उद्योग वाणिज्य संघमा आवद्ध भएको बताइन् । उनले विधिगत र व्यवस्थित व्यवसाय गर्नुपर्नेमा जोड दिदैँ, व्यवहारिक बन्न सौन्दयकर्मी व्यवसायीहरुलाई सुझाव दिइन् ।

footwear zone

कार्यक्रममा ब्युटीपार्लर एशोसिएसन कास्कीका कानुनी सल्लाहकार गीता आचार्य, ब्युटीपार्लर एशोसिएसन लेखनाथ इकाइका सल्लाहकार इन्दिरा रोक्का, कस्मेटिक व्यवसायी संघका प्रथम उपाध्यक्ष दुर्गा बराल, सम्मानित व्यक्तित्व चन्द्रा प्रधान लगायतले महिला आर्थिक रुपमा सक्षम हुनुपर्नेमा जोड दिएका थिए । ब्युटीपार्लर एशोसिएसन कास्कीका अध्यक्ष कल्पना कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव वविता केसी कार्कीले गरेकी थिइन् ।

You might also like

Comments are closed.