भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

पोखरा १२ भदौ ।

लामा अमृत फाउण्डेशन घान्द्रुकले आयोजना गर्न लागेको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।

“स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने नारा सहित आगामी १५ देखी १८ गते सम्म पोखराको नदिपुर स्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले जानकारी दिए । उनका अनुसार पुरुष तर्फ १६ महिला तर्फ ६ र भेट्रान्स तर्फ ७ टिमको सहभागिता रहेको छ ।

footwear zone

पुरुष तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार र उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३० हजार प्राप्त गर्ने गुरुङले बताए ।
त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमले क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २२ हजार २ सय २२ र १५ हजार ५ सय ५५ हात पार्नेछ भने भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा खेलाडीहरुलाई पुरस्कृत गरिने र प्रतियोगिता अबधिभर बिभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.