महिला उद्यमी मेला बुधबारवाट

 

पोखरा, २९ जेठ ।

पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी विकास उपसमितिको आयोजनामा बुधबार बाट महिला उद्यमी मेला–२०७५ सुरु हुँदैछ ।

footwear zone

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने मेला ४ दिनसम्म चल्नेछ । आर्थिक सम्वृद्धिको लागि महिला उद्यमशीलता भन्ने नाराका साथ आयोजित मेलाको प्रदेश नम्बर ४ की कार्यबाहक सभामुख सृजना शर्माले उद्घाटन गर्नेछिन् । मेलामा देशैभरका महिला उद्यमीहरुका करिब ७० स्टल रहनेछन् । मेलाको प्रवेश निःशुल्क रहेको मेला मूल आयोजक समितिकी संयोजक सीता बरालले जानकारी दिईन् ।

महिला उद्यमशिलतालाई प्रवद्र्धन गर्नु, ब्यवसायमा आफ्नो पहिचानका साथ महिलालाई अग्रसर गराउनु, महिलाद्धारा उत्पादित बस्तु एवं ब्यापार, बजारीकरण साथै सबै उद्यमी महिलाबीच आत्मिय सम्बन्ध विस्तार गरी ब्यवसायीक अनुभव आदान प्रदानका साथै महिला उद्यमीलाई कर शिक्षा, लेभलिङ्ग, प्याकेजिङ्ग, एव व्यवसायि स्याथीत्वको बारेमा ब्यवसायिक विज्ञद्धारा प्रशिक्षण दिएर सवल सक्षम बनाउन मेला आयोजना गरिएको हो । मेलामा हरेक दिन महिला उद्यमशीलता विकासबारे विभिन्न विषयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ भने निःशुल्क आँखा शिविर, स्तन क्यान्सर तथा पाठेघरको क्यान्सर परीक्षणलगायतका गतिविधीहरु पनि समावेश गरिएको छ ।

You might also like

Comments are closed.