माउन्ट कैलाश रिसोर्ट ११औं वर्षमा प्रवेश

आर्थिक आवाज
पोखरा, ४ असोज । पोखराको माउन्ट कैलाश रिसोर्ट स्थापनाको ११औं वर्षमा प्रवेश गरेको छ । रिसोर्टले शनिबार दसौं वार्षिकोत्सव मनाएको छ । १० वर्ष अगाडि २४ वटा कोठाबाट सञ्चालनमा आएको रिसोर्टमा अहिले सुविधा सम्पन्न ५१ वटा कोठाहरु छन् ।

सुरुमा ७ करोड रुपैयाँ लगानीबाट सञ्चालनमा आएको रिसोर्टले समय सापेक्ष रुपमा लगानी विस्तार गर्दै आइरहेको छ । रिसोर्टलाई आधुनिक र सुविधा सम्पन्न बनाउने क्रममा हालसम्म १८ करोड रुपैयाँ लगानी भइसकेको सञ्चालक नरेश भट्टराईले जानकारी दिए ।

रिसोर्टमा अहिले ३ वटा अपार्टमेन्ट छ । पर्याप्त पार्किङ तथा स्वीइमिङपुलको सुविधा रहेको रिसोर्टले फोर स्टार रिसोर्ट सरहको सेवा प्रदान गर्दै आइरहेको भट्टराईले जानकारी दिए । रिसोर्टले ८२ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ । ८ रोपनी जग्गामा रिसोर्ट निर्माण भएको हो ।

footwear zone

विभिन्न अवार्ड विजेता रिसोर्ट

पोखराको माउन्ट कैलाश रिसोर्ट विभिन्न अवार्ड जित्न सफल छ । फ्रान्सको राजधानी पेरिसमा ‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड गोल्ड क्याटागोरी’ प्राप्त गरेको रिसोर्टले युकेबाट ‘वेस्ट इन्टरप्राइजेज अवार्ड’ प्राप्त गरिसकेको छ ।

रिसोर्टले ‘मेनेजर अफ द इयर मेडल’ समेत जितिसकेको छ । ‘रिसोर्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न अवार्डहरु जित्न सफल छ,’ उनले भने, ‘हाम्रो स्तरीय सेवाबाट पर्यटकहरु खुसी हुन्छन् ।’ पोखरामा आयोजना हुने विविध कार्यक्रमका लािग पनि रिसोर्ट पहिलो रोजाईमा पर्ने गरेको भट्टराईले बताए ।

कर्मचारीलाई समेत रिसोर्टले देश तथा विदेशमा भ्रमणका लागि पठाउने गरेको छ । रिसोर्टले कर्मचारीलाई वर्षेनी सम्मान गरेर प्रोत्साहन समेत गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.