मानव सेवा आश्रमलाई मिड टाउनको सहयोग

पोखरा, २१ वैशाख

लायन्स क्लब अफ पोखरा मिड टाउनले पोखरा १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई खाद्यान्य तथा जिन्सी सामान सहयोग गरेको छ । क्लबले करिब ९० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरेको कार्यक्रम संयोजक तथा इलेक्ट सचिव विकास भुर्तेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले क्लबले उदाहरणीय काम गरेको भन्दै अन्य संघसंस्थाले पनि यसको अनुशरण गर्नुपर्ने बताइन् । सडकमा बेबारिसे रहेकाहरुको उद्धार र संरक्षण गर्ने दायित्व राज्यको भएकाले सरकार पनि यसमा लाग्नुपर्ने उनको भनाइ छ ।

footwear zone

लायन्सका क्याबिनेट सेक्रेटरी राम बसेलले लायन्स भनेको नै सामाजिक काम गर्नको लागि भएकाले सामाजिक काममा लायन्स क्लब सक्रिय हुनुपर्ने बताए । मिड टाउनले राम्रो काम गरेको भन्दै यस्ता कामलाई निरन्तरता दिन उनले आग्रह गरे ।

क्लबका अध्यक्ष देवी तिमिल्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा पोखरा १७ का वडा सदस्य राधिका साई योगी, आश्रमका संरक्षक होमनाथ तिमिल्सिना, लायन्सका रिजन चियरपर्सन अर्जुन थापा, क्लबका संस्थापक अध्यक्ष कृष्णराज पोखरेल, सचिव दधिराम दाहाल, लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्याण्डसका अध्यक्ष मोहन सुवेदी लगायतले बोलेका थिए । आश्रममा आश्रित रहेका ८६ जनालाई क्लबले शनिबार बिहानको खानासमेत खुवाएकोछ ।

You might also like

Comments are closed.