मिराकलमा ‘फ्रि सेमिनार’, अमेरिकाको योङ्सटाउन स्टेट युनिभर्सिटी सहभागी हुँदै

पोखरा, ६ साउन ।

मिराकल इन्स्टिच्युट प्रालि चिप्लेढुङगा पोखराले साउन ११ गते शुक्रबार ‘फ्रि इन्फरमेसन सेमिनार’ आयोजना गरेको छ । सेमिनारमा अमेरिकाको योङ्सटाउन स्टेट युनिभर्सिटीका बारेमा विद्यार्थी तथा अभिभावकलाई सम्पूर्ण जानकारी प्रदान गरिनेछ । युनिभर्सिटीका साउथ एसियाका प्रतिनिधि बिन्ती बस्नेत सेमिनारमा सहभागी हुनेछिन् ।

पब्लिक युनिभर्सिटी भएकाले शतिप्रतिशत छात्रबृति समेत पाउन सकिने मिराकलका प्रवन्ध निर्देशक कुलराज बरालले जानकारी दिए । ‘अमेरिकाको योङ्सटाउन स्टेट युनिभर्सिटीमा भिसा लागेका विद्यार्थीहरुसँग पनि अनुभव आदानप्रदान गर्न सकिनेछ,’ उनले भने, ‘उच्च शिक्षा अध्ययनका लागि अमेरिका जान चाहने विद्यार्थीका लागि सेमिनार निकै उपलब्धीपूर्ण हुनेछ ।’

footwear zone

पोखरामा बिगत ९ वर्षदेखि सञ्चालित मिराकलले अमेरिकासँगै अष्ट्रेलिया, जापान, क्यानडा लगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान इच्छुक विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like
1 Comment
  1. Prakrit baral acharya says

    Congratulation miracle unit all the best

Comments are closed.