काठमाडौं । दसैंको अवसरमा अन्तर्राष्ट्रिय ब्राण्डको कपडा मिसियो खरिद गर्ने ग्राहकले विशेष छुट पाउने भएका छन् ।
मिसियोको शोरुम नयाँबानेश्वर र सिभिल मलमा सपिङ गर्ने ग्राहकलाई दसैं अफर अन्तर्गत ५१ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मिसियोको लागि नेपालको मास्टर फ्रेन्चाइज कम्पनी आरभ मल्टिनेशनल हाउसले जनाएको छ ।
एक पिसमात्रै खरिद गर्दा २० प्रतिशत र २ पिस खरिदमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ । ३ पिस वा सोभन्दा माथि खरिद गर्ने ग्राहकले ५१ प्रतिशत छुट पाउनेछन् । नेपालीहरुको महान पर्व दसैंलाई लक्षित गरी ल्याइएको अफरले ग्राहकहरु लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।

चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियन (YISHION) को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित हुँदैछ । शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ ।




Comments are closed.