मिसेस कल्चर विजेतालाई स्कुटर हस्तान्तरण

पोखरा १०, फागुन ।

दोस्रो वाईवाई मिसेस कल्चर नेपाल २०७४ की विजेता ज्ञानु तामाङलाई स्कुटर हस्तान्तरण गरिएको छ ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लि.ले आयोजना गरेको उक्त कार्यक्रममा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै तामाङ गत शनिबार विजेता बनेकी थिइन् । बिजेतालाई पुरस्कारस्वरूप स्कुटर दिने घोषणा गरे अनुसार नै उनलाई स्कुटर प्रदान गरिएको संस्थाकी अध्यक्ष शोभा गौतमले जानकारी दिइन् ।

footwear zone

स्कुटर हस्तान्तरण तथा बधाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसिले यस्ता कार्यक्रमले महिलाहरूमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउनुको साथै महिलाहरूलाई थप सामाजिक उत्तरादायीत्व बहन गर्न सक्ने बनाउने र पुरस्कार वितरण गर्ने परम्पराले पनि हौसला प्रदान गर्ने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख वरिष्ठ उपरिक्षक अशोक सिंह, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्सन प्रजू, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवन प्रजापति लगायतले विजेताहरूलाई बधाई ज्ञापनको साथै आगामी दिनमापनि यस्तै कार्यक्रमको निरन्तरताको शुभकामना व्यक्त गरेका थिए ।

संस्कृति संरक्षण र महिलाहरूको व्यक्तित्व, नेतृत्व विकासको निम्ति सबैको सहयोग लिएर संधै अगाडि बढ्ने कार्यक्रम संयोजक दिनेश शर्माल बताए ।

You might also like

Comments are closed.