मिस नेवाको तयारी तिब्र, प्रतिस्पर्धीबीच परिचय

पोखरा, १९ माघ । नेपाली कला, संस्कृति, भाषा, संस्कार र व्यक्तित्व विकासका लागि सिजी मिस नेवा ११३८ प्रतियोगितामा सहभागी हुन लागेका नेवारी युवतीबीच बिहीबार परिचयात्मक कार्यक्रम भएको छ । प्रतियोगितामा सहभागी २१ युवतीले आफ्ना प्रतिभासमेत प्रस्तुत गर्दै परिचय दिए । प्रतियोगितामा नेवारी समुदायका १८ देखि २२ वर्षका युवती सहभागी छन् । प्रतियोगिताका मूल संयोजक गजेन्द्रमान श्रेष्ठले उनीहरुलाई अब विभिन्न चरणमा तालिम, प्रशिक्षण, भ्रमण, सेमिनार आदिमा सहभागी बनाएर व्यक्तित्व विकास र संस्कृति पहिचानको अवसर दिइने बताए ।

नेवाः खल कास्की उपाध्यक्ष तीर्थ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव आनन्द श्रेष्ठ, अभिभावक गणेश श्रेष्ठ, नेवा मिसा पुच कास्की अध्यक्ष शान्ति उदास, तालिम व्यवस्थापन संयोजक सारा बजिमय, ११३५ का मूल संयोजक विक्रम उदास, ११३७ का मूल संयोजक शम्भुलाल श्रेष्ठ, मिस नेवा ११३७ अंशु शाक्य, सहमूल संयोजक विमम श्रेष्ठ, कोरियोग्राफर शुलोचना शाक्य लगायतले प्रतियोगिता सहभागीलाई विभिन्न विषयमा प्रकाश पारेका थिए ।

प्रतियोगिताको फाइनल चैत ३ गते हुनेछ । यस वर्षका सिजी मिस नेवाले ४० हजार, ३२ इन्चको सिजी टिभी, गिफ्ट ह्याम्पर पाउनेछन् । यस्तै, उपविजेताले २५ हजार, २१ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर र तेस्रोले १५ हजार, डिभिडी प्लेयअर, गिफ्ट ह्याम्पर र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेतालाई गोल्डेन आइ टिभीमा उचित रोजगारीसमेत दिइने प्रचारप्रसार संयोजक अनिशा श्रेष्ठले जानकारी दिइन् ।

footwear zone

प्रतियोगिताका अन्य टाइटल विजेतालाई पनि पुरस्कृत गरिनेछ । जसमा, उत्कृष्ट नेवारी भाषा ७ हजार, भ्युअर्स च्वाइस ५ हजार, मस्ट टयालेन्ट अवार्ड ५ हजार, बेस्ट पर्सनालिटी ५ हजार, बेस्ट फ्रेन्डली ५ हजार, बेस्ट स्माइल ५ हजार र फोटोजेनिकले ५ हजार र प्रमाणपत्र पाउने छन् ।

You might also like

Comments are closed.