मुक्तिनाथका ग्राहकलाई रुपाकोट रिसोर्टमा विशेष छुट

आर्थिक आवाज

पोखरा । मुक्तिनाथ विकास बैंक लि. काठमाडौं र रुपाकोट रिसोर्ट, पोखरा कास्कीबीच एक सम्झौता भएको छ । मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले  रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्मको विशेष छुट दिने व्यवस्था भएको हो ।

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख वसन्तबक्सी र रुपाकोट रिसोर्टकोे तर्फबाट बिक्री प्रबन्धक पियुस लामाले हस्ताक्षर गरेका छन् । उक्त सुविधाबाट बैंकका सेवाग्राहीलाई थप लाभ हुने बैंकको अपेक्षा छ ।

footwear zone

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौदेखि कात्तिक ३० गतेसम्म लागुहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

You might also like

Comments are closed.