मुक्तिनाथ विकास बैंकका तीन शाखा एकै साथ

पोखरा, ९ फागुन

आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा विहीवार कास्की जिल्लामा तीन शाखा विस्तार गरेको गरेको ।

जिरो कि.मी शाखाको उद्घाटन आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङ्गले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताए । जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।

footwear zone

बैंकले अमरसिङ चोक, जिरो कि.मी तथा लामाचौर गरी तिन शाखा कार्यालय विस्तार गरेको गरेको हो । अमरसिङ शाखाको शुभारम्भ गर्र्दै गण्डकी प्रदेशका सांसद मन बहादुर गुरुङ्गले बैंकको प्रगतिको कामना गरे । साथै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना समेत व्यक्त गरे ।

लामाचौर शाखाको उद्घाटन पोखरा महानगरपालिका वडा नं १६ का अध्यक्ष जीवन आचार्य तथा पोखरा महानगरपालिका वड नं १९ शोभा मोहन पौडेलले संयुक्त रुपमा गरेका थिए । सोही अवसरमा आचार्य तथा पौडेलले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ बैंकले कार्य गरेको बताउदै आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस), स्थानीय, समाजसेवी तथा भद्रभलाद्मीहरुले बैंकको सफलताको शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमका सभापति तथा बैंकका अध्यक्ष खिम प्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ्ग हातेमालो गर्न सधै तत्पर रहेको बताए ।

You might also like

Comments are closed.