मुक्तिनाथ विकास बैंकले ल्यायो “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना”

काठमाडौं

मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामको आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ ।

यस योजनाअन्र्तगत न्युनतम ब्याजदर, ४८ कार्य घण्टा भित्र कर्जा स्वीकृती गरिने, नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट, एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन नगरिने, कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशत मात्र, विना सुरक्षण शुल्कमा लकर सुविधा रहेको प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए । बैंकको नियमानुसार शर्तहरु लागु हुने उनले बताए ।

footwear zone

बैंकबाट कर्जा लिएका ग्राहकले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सांवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदान गर्ने व्यबस्था पनि बैंकले ल्याएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ ।

You might also like

Comments are closed.