मुक्तिनाथ विकास बैंक चोरी गर्ने योजना असफल, यसरी पक्राउ परे योजनाकार !

सुरेन्द्र पौडेल
पोखरा, २४ भदौ । मुक्तिनाथ विकास बैंक चोरी गर्ने लक्ष्यसहित रेक्की गरिरहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत २१ गते बिहीबार १२ः३० बजेको समयमा चिप्लेढुङगा न्युरोडमा डिउटीमा रहेका प्रहरीले शंकास्पद रुपमा २ जना युवती र १ युवकलाई प्रक्राउ गरेको थियो ।

पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनीहरुले मुक्तिनाथ विकास बैंककाे न्युरोड शाखामा चोरी गर्ने लक्ष्यले रेक्की गरिरहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा पोखरा १४ काजिपोखरी बस्ने वर्ष २१ का सन्देश गुरुङ, म्याग्दी जलजला ६ बस्ने वर्ष २० की सुनिता पुन मगर र सोही स्थानमा घर भइ हाल पोखरा ९ नयाँबजार बस्ने वर्ष १९ की सुचित्रा थकाली रहेको कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

footwear zone

‘शोधपुछ गर्न खोज्दा निजहरु भाग्ने प्रयास गरेका थिए र लखेटेर नियन्त्रणमा लिइ शोधपुछ, अनुसन्धान गर्दा निजहरुले निकट भविश्यमा मुक्तिनाथ विकास बैंक चोरी गर्ने योजना बनाएको पुष्टि भयो,’ कास्की प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सो दिन पनि बिहान आई रेक्की गरेको र दिन रातमा समेत पुन रेक्की गर्न आएको तथ्य खुल्न आएको छ ।’

बैंक चोरी गर्ने योजनामा अन्य व्यक्तिहरु पनि संलग्न रहेको प्रहरीले अनुमान गरेको छ । घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.