मुक्तिनाथ विकास बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा प्रद्युम्न पोखरेल

पोखरा, १ जेठ ।

मुक्तिनाथ विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेललाई नियुक्त तथा पदस्थापन गरेको छ । बैंकिङ्ग क्षेत्रमा करिव २८ वर्ष लामो अनुभव सगालेका पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत श्री भरत राज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका हुन् । बैंकको संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकिङ सेवा सुरु गरी करिब १९ वर्ष उक्त बैकको विभिन्न विभागहरुको जिम्मेवारी वहन गरेका थिए । सो पश्चात उनले ६ वर्ष मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकको रुपमा कार्यरत रही २०७३ मंसिर १९ गते देखि यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

footwear zone

विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रुपमा सहभागीता जनाउँदै आएको यस विकास बैंकले नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको पदस्थापन कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको ऐतिहासिक तथा पुरोनो वीर अस्पतालको सरसफाईको लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले जानकारी दिए ।

उक्त सहयोग रकम धुर्मुश सुन्तली फाउन्डेशन मार्फत फाउन्डेशनका अध्यक्ष श्री सिताराम कट्टेल(धुर्मुश) लाई बैंकका संचालक समितिका अध्यक्ष श्री खिम प्रकाश मल्लले प्रदान गरेका थिए ।

You might also like

Comments are closed.