मुस्ताङका १३ जना शिक्षकलाई हार्डवयर तथा नेटवर्किङ तालिम निःशुल्क

आर्थिक आवाज
पोखरा । ओम विकास तथा देउ कुमारी स्मृति प्रतिष्ठानले मुस्ताङका १३ जना शिक्षकहरुलाई हार्डवयर तथा नेटवर्किङ तालिम निःशुल्क प्रदान गरेको छ । घरपझोङ तथा थासाङ गाउँ पालिकाका १३ वटा विद्यालयका १३ जना शिक्षकहरूलाई हार्डवयेर तथा नेटवर्किङ तालिम सुरु गरिएको प्रतिष्ठानका अध्यक्ष सवि शेरचनले जानकारी दिइन् ।

घरपझोङ तथा थासाङ गाउँपालिकाको सहयोगमा नोभा कम्पयुटर एण्ड ल्याङग्येज इन्स्टिच्युट महेन्द्रपुल पोखरामा तालिम सुरु भएको छ । तालिमको पुस १ गते मंगलबार प्रतिनिधिसभा सांसद प्रेम प्रसाद तुलाचनले उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलाचनले शिक्षकहरुको क्षमता विकास तथा प्राविधिक शिक्षाको ज्ञान बढाउन तालिम सहयोगी हुने विश्वास व्यक्त गरे ।

footwear zone

प्रतिष्ठानका अध्यक्ष सवि शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा घरोपझोङ गाउँपालिकाका अध्यक्ष आस बहादुर थकाली, क्यान महासंघ कास्कीका अध्यक्ष विश्वास भण्डारी, प्रशिक्षार्थी जन आर्दश अमरसिंह विद्यालयका शिक्षक गोबिन्द नेपाली लगायतले बोलेका थिए ।

 

कार्यक्रममा जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्याङमो, थासाङ गाउँपालिकका वडा अध्यक्ष नरप्रसाद हिराचन, एक्याबका अधिकृत शन्तोष शेरचन र रारा चाउचाउका मेनेजर लक्ष्मण गौचन लगायत सहभागी थिए । कार्यक्रम सञ्चालन सचिव गिरी सिंह शेरचनले गरेका थिए ।

You might also like

Comments are closed.