मौलिकता झल्कने र विकृति विसंगती अन्त्य गर्ने खालका रत्यौली गीतलाई प्राथमिकता

लेखनाथ,१३ मंसिर ।

आगामी पुस ५ गते देखि १६ गतेसम्म संचालन हुने १५ औं सस्करणको लेखनाथ महोत्सवमा यस क्षेत्रका महिला उद्यमीद्धारा निर्मित हस्तकला तथा कृषि सामाग्री राख्नका लागि लेखनाथ महोत्सवमा यस वर्ष पनि निःशुल्क स्टल उपलव्ध गराउने भएको छ ।

महिला उद्यमी तथा रत्यौली गित प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक मेनुका श्रेष्ठको अध्यक्षतामा बसेको बैठकबाट रत्यौली गित प्रतियोगितालाई उत्कृष्ट बनाउन उत्कृष्ट १४ वटा गितको छनौट गरि स्टेजमा देखाईने र भड्किलो कार्यक्रम भन्दा मौलिक एवं परम्परागत गित, स्वर, शव्दलाई बढि प्राथमिकता दिनुपर्ने सम्वन्धी सम्पूर्ण सहभागीबाट सल्लाह सुझाव आएको थियो ।

footwear zone

यस वर्ष आयोजना गरिने रत्यौली गित प्रतियोगितामा मौलिकता झल्कने विकृति विसंगति अन्त्य गर्ने खालका परम्परागत गितलाई विशेष प्राथमिकता दिईने संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पुर्व अध्यक्ष बावुराम गिरी, बरिष्ठ उपाध्यक्ष बलराम ढकालले जानकारी दिए ।

रत्यौली कार्यक्रम र झ्याकी र्याली सम्वन्धी नियम तथा कार्यक्रम सम्वन्धी जानकारी दिन यहि मंसिर १५ गते शनिवार ११ वजे बृहत भेला रहेको लेउवा संघका कार्यसमिति सदस्य जानुका अधिकारीले जानकारी दिईन् ।

You might also like

Comments are closed.