पोखरा ।
१९ औं पटक अनसनरत डा.गोविन्द के.सीलाइृ जुम्लाबाट काठमाडौं ल्याएपछि सरकारले उपचारको क्रममा नै धरपकड गरेको भन्दै राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले निन्दा गरेको छ ।
संविधानको मौलिक हक माग्ने अनसनकारी माथि धरपकड हुनु लज्जास्पद भएको भन्दै समितिले विज्ञप्ती निकालेको छ ।
संविधानमा नै प्रत्याभुत भएको स्वास्थ्य हक सुनिस्चित गर्न नागरिकले अनसन बस्नु पर्ने र अनसन बसेमन नागरिक माथि धरपकड गर्नु निन्दनिय भएको समितिका अध्यक्ष बिष्णुहरी अधिकारीले बताए ।

के.सी विगत ८ बर्षदेखी पटक पटक अनसन बस्दै आईरहेका छन् ।





Comments are closed.