यामाहाका भाग्यमानी बिजेता बने काभ्रे खोपासीका रोशन

काठमाडौं । यामाहाको रे जेडआर १२५ एफआई स्कुटर जित्ने भाग्यमानी बिजेता काभ्रे खोपासीका रोशन कुमार श्रेष्ठ बनेका छन् । यामाहाको भर्चुअल लन्चिङ कार्यक्रममा सहभागी भएका श्रेष्ठले उक्त स्कुटर लक्की ड्रका आधारमा जितेका हुन् ।

‘रजिस्टर्ड एण्ड विन यामाहा रे जेडआर’मा ५० हजार भन्दा बढी सहभागी भएका थिए । यामाहाको नेपालको आधिकारिक बिक्रेता एम.ए. डब्लु इन्टरप्राइजेज प्रालिले यो स्कुटर भर्चुअल रुपमा सार्वजनिक गर्ने क्रममा लाइभ हेर्नका लागि सहभागी हुन सार्वजनिक आह्वान गरेको थियो । उक्त फर्म फिलअप गरी श्रेष्ठ पनि सहभागी भएका थिए ।

यामाहा रे जेडआर १२५ एफआई सबैभन्दा छिटो पिकअप लिने स्कुटर भएको कम्पनीको दावी छ । सो स्कुटरले ७.५९ सेकेण्डमा पिकअप लिएर ६० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ । यो स्कुटरको माइलेज प्रतिलिटर ५८ किलोमिटर रहेको बताइएको छ । स्कुटरको मूल्य २ लाख ५४ हजार ९ सय रहेको छ ।

You might also like

Comments are closed.