पोखरा । युनाइटेड क्लब पोखराको अध्यक्षमा राजु श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न पाँचौं अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
यस अगाडिको कार्यकालमा प्रथम उपाध्यक्ष भएर काम गरेका श्रेष्ठले क्लबमा महासचिव, कोषाध्यक्ष लगायतको पदमा रहेर काम गरिसकेका छन् । पोखराका युवा व्यवसायी श्रेष्ठ विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।
अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा लोक बहादुर थापा, द्वितीय उपाध्यक्षमा गणेश तिमिल्सिना, महासचिवमा शान्त बहादुर थापा, कोषाध्यक्षमा सूर्यवहादुर वानिया, सचिवमा दिनेश सुनार र सह–कोषाध्यक्षमा पूर्णकला पोखरेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सीमा राई गुरुङ, जयराम आचार्य, सन्तोष कार्की, पूर्ण कुमार श्रेष्ठ, विष्णु कुमार गुरुङ, देवानी सुवेदी, शिव थापा र चन्द्रा पराजुली चयन भएका छन् ।

क्लबले पोखरामा वर्षेनी पोखरा महोत्सव गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा क्लबको सक्रियता छ ।
सर्वसम्मत अध्यक्ष चयन गर्ने क्लबका सम्पूर्ण साधारण सदस्यहरुप्रति आभार व्यक्त गर्दै श्रेष्ठले सबैलाई समेटेर क्लबको नेतृत्व गर्ने प्रतिबद्धता गरेका छन् ।




Comments are closed.