राहत जुटाउन र उद्वारमा लाग्न अपिल

पोखरा, २० चैत
पोखरा चेम्बर्स अफ कमर्श कास्कीले प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लामा बिनासकारी हावा हुरीबाट पीडितहरुलाई राहात तथा उद्धारमा जुट्न सबैमा अपिल गरेको छ ।

चेम्बर्स अफ कमर्सको मंगलबार बसेको आकस्मीक बैठकले पीडित परिवारको तत्काल राहत तथा उद्धारका क्रममा त्रिपाल, लत्ता कपडा, खाद्यान्य, औषधी, नगद तथा जिन्सी सामाग्री सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

संस्थाका महासचिव उमराज बाँस्तोलाले हावा हुरीबाट पीडितलाई राहात सहयोग प्रदान गर्न चाहाने इच्छुक व्यवसायीलाई चेम्बर्सको सचिवालयमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् । पोखरा चेम्बर्स अफ कमर्श कास्कीका अध्यक्ष किशान सुनारको अध्यक्षतामा बसेको बैठकले सो घटनामा परी जीवन गुमाउनेहरु प्रति शोक व्यक्त गरेको छ ।

footwear zone

बैठकले मृत आत्मा प्रति चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जनप्रति हार्दिक समवेदना प्रकट गरेको महासचिव बाँस्तोलाले जानकारी दिए । चेम्बर्स अफ कमर्श कास्कीले घटनामा परी घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

You might also like

Comments are closed.