पोखरा ।
अविरल बर्षका कारण भदौ २३ गते गएको पहिरोले रुपा गाँउपालिका ६ बराहथोकमा क्षती पु¥याएको छ । सो पहिरोबाट पीडितलाई लायन्स क्लबले सहयोग गरेका छन् ।
“जहाँ आवस्यकता, त्यहाँ लायन्स” भन्ने नारालाई आत्मसाथ गर्दै पोखरामा रहेका लायन्स क्लब अफ बाराही टाउन, युनियन टाउन र गण्डकी प्रदेशले राहत स्वरुप जस्तापाता उपलब्ध गराएका छन् । आफुहरुले प्रदान गरेको राहतले पीडितलाई सहयोग पुग्ने भएकोले आवस्यकता हेरेर जस्ता सहयोग गरेको कार्यक्रम संयोजक तथा डिष्ट्रिक्ट चियरपसर्न रोजी श्रेष्ठले बताईन् ।
जस्तापाता हस्तान्तरण कार्यक्रममा बोल्दै कोचिफ एडभाईजर चण्डीप्रसाद अर्यालले क्लबहरुले मानविय सेवाको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए ।

कार्यक्रममा क्लष्टर ३० का क्लष्टर चिफ सुर्यनारायण बराल, रिजन चियरपर्सन शान्ती थापा, जोन चियरपर्सन सुरेन्द्र पौडेल, , वडा नं ६ का वडा सदस्य सरिता सुनार, बाराही टाउनका अध्यक्ष आरती अधिकारी, युनियन टाउनका अध्यक्ष नारायणहरी तिवारी, सुर्य चपाई, गण्डकी प्रदेशका अध्यक्ष कोपिला श्रीस, एक्स्टेन्सन चियरपर्सन सुनादेवी मल्ल लगायत क्लबका सदस्य उपस्थित थिए ।




Comments are closed.