लकडाउनको उपयोग गरी महाशिला गाउँपालिका ३ ले बाँझो जग्गामा कफि र केरा खेती गर्दै

 

कृष्ण शर्मा,पर्बत
पर्बत जिल्लाको महाशिला गाउँपालिका ३ मा पनि ब्यबसायिक कफी खेती सुरू गरिने भएको छ । महाशिला कृषि क्षेत्रको लागि उपयुक्त्त क्षेत्र मानिने गरेको र सबै वडामा कफी लगाएत अन्य ब्यबसायिक खेती सुरू गरिदै आएको गाउँपालिका अध्यक्ष राजु पौडेलले जानकारी दिए ।

महाशिलाको वडा न ३ बालाकोटका गाउँमा रहेका युबाहरू लाई रोजगार दिने योजना र बालाकोटमा कृषिको क्रान्ति गरि परिवर्तन गर्ने उदेश्य ले ५० रोपनी जग्गा भाडामा लिएर कफि उत्पादन सुरू गर्न लागेको वडा अध्यक्ष रोशन गुरूङले जानकारी दिए । साथै आगामी बर्ष जग्गाको दायारा बढाएर गाउँमा बाँझो रहेको २०० रोपनी जग्गा भाडामा लिई अन्य कृषिखेती समेत गरिने उद्येश्य रहेको उनले बताए । देश कोरोना भाईरसका कारण लकडाउनको चपेटामा परिरहेका बेला लकडाउनको सदुपयोग गरि गाउँका युबाहरू लाई भेला गरेर बाँझो जग्गा फडानी, सिचाँई लगाएत बिरूवाहरू रोप्नको लागी खाडल खन्ने काममा कस्सिएका छन वडा अध्यक्ष गुरुङ ।

footwear zone

यस बर्ष जेठ अन्तिममा करिब ५ हजार कफिका बिरुवा रोपिने र कफिको छहारीको लागि ब्यबसायिक रूपमै २५ सय केराका बिरूवा पनि रोपिने वडा लेखा सहायक बिमल रिजालले जानकारी दिए । वडाको संयोजनमा अहिले अन्य तरकारी खेतीहरू पनि गरिएको छ । पछिल्लो केही बर्ष अघि बाट व्यवसायिक रूपमै पर्बतमा कफी खेती सुरू भएको जिल्ला कृषि विकास कार्यालय पर्बतले जनाएको छ । गण्डकी प्रदेशमा ४ सय २२ मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ । प्रदेशका ८ जिल्लामा कफीको व्यवसायिक खेती गरिँदै आएको सर्वेक्षणले देखाएको छ । सबैभन्दा धेरै स्याङ्जा जिल्लाका ३७.८ प्रतिशत र सबैभन्दा कम म्याग्दीका ०.७ प्रतिशत किसानले कफीको व्यावसायिक खेती गर्दै आएका छन्

You might also like

Comments are closed.