लकडाउन खोल्न हतार नगरौं : मुख्यमन्त्री

पोखरा, १३ बैशाख

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लकडाउन खोल्न हतार नगर्न संघ सरकारलाई सुझाव दिएका छन् । मुख्यमन्त्री गुरुङले शनिबार पोखराका केहि पत्रकारहरुसँगको छलफलमा लकडाउन खोल्न हतार गर्न नहुने बताएका हुन् ।

लकडाउन जारी राखेर निर्माण र उत्पादन भने खुल्ला गर्नुपर्ने उनले धारणा राखे । भारतका कारणपनि नेपालमा लकडाउन लम्ब्याउनुपर्ने धारणा राख्दै लकडाउन लम्बिनेसमेत दाबी गरे । विश्वका शक्तिशाली भनिएका देशहरु अमेरिका, ईटालीजस्ता देशमा लकडाउन कायम नगर्दा के भयो ? उनले भने,‘भोलि हाम्रो देशमापनि त्यस्तै स्थिति आउन सक्छ, विदेशबाट हामीले पाठ सिकेर यसप्रति हामी सचेत हुनुपर्छ, त्यसैले लकडाउन खोल्न हतार नगरौं ।’

footwear zone

विकास निर्माणलाई जारी नराख्ने हो र उत्पादनलाई नखुलाउने हो भने परनिर्भर अर्थतन्त्र थप जटिल अवस्थामा पुग्ने विश्लेषण गर्दै मुख्यमन्त्री गुरुङले त्यसका लागिपनि यी क्षेत्र खुलाउनुपर्ने तर्क गरे । उनले कृषि उत्पादनमासमेत लकडाउन खुल्ला गर्नुपर्ने बताए । जनताले खेतीपाती त गर्न पाउनुप¥यो नि ! ,उनले भने,‘तर विकास निर्माण, उत्पादन र कृषि उत्पादनमा लकडाउन खुल्ला गरेपनि सामाजिक र भौतिक दुरी भने कायम गर्नुपर्छ ।’

मुख्यमन्त्री गुरुङले विकास निर्माण, उत्पादनलगायतमा लकडाउन खुल्ला गरेपछि त्यसलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातपनि खुल्ला गर्नुपर्ने बताए । तर त्यसरी सामान ओसारपसार गर्दा भाइरस संक्रमण नियन्त्रणका उपाय (सेनिटाइजिङ विधी) अपनाउनुपर्ने उनको धारणा छ ।

मुख्यमन्त्री गुरुङले लकडाउन कायम राखेर विकास निर्माण र उत्पादन खुलाउने बारेमा प्रदेशका उद्योगी र निर्माण व्यवसायी सकारात्मक रहेको दाबी गरे । हामीले केहि दिनदेखि विकास निर्माण र उत्पादनलाई खुल्ला गर्नेबारे उद्योगी र निर्माण व्यवसायीसँग छलफल गरिरहेका छौं,‘उनले भने,‘उहाँहरुपनि हाम्रो प्रस्तावमा सकारात्मक हुनुहुन्छ, खुलाउन तयार हुनुहुन्छ ।’

मुख्यमन्त्री गुरुङले अन्य प्रदेशमा लकडाउन कायम राखेपनि गण्डकी प्रदेशमा खुकुलो बनाउन सकिने बताए । हाम्रो प्रदेशमा अब कोरोना छैन,‘उनले भने,‘बागलुङमा भेटिएका संक्रमित पनि निको भएर घर फर्किसकेका छन्, समुदायमा यो फैलिन पाएन र अहिले कोरोनामुक्त प्रदेश भइसकेको छ, त्यसैले हाम्रो प्रदेशमा लकडाउन खुकुलो बनाउन सकिन्छ ।’

You might also like

Comments are closed.