लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारी र पोखरा सप्तगण्डकीद्धारा गण्डकी हस्पिटल परिसरमा वृक्षारोपण

पोखरा, ३२ असार ।

लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारी र लायन्स क्लव अफ पोखरा सप्तगण्डकीले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल) परिसरमा वृक्षारोण गरेका छन् । दुई क्लवहरुको साझेदारीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ( गण्डकी ) हस्पिटल परिसरमा कपुर, अशोका, धुपी लगायतका ४८ विरुवा रोपिएका छन् ।

बृक्षारोपण कार्यक्रमको सुरुवात गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन डाक्टर नरेन्द्र बिक्रम गुरुङले लायन्स क्लवहरुले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृक्षारोपण गरेर आफ्नो संस्थामा खाली रहेको जग्गामा हरियाली बनाउने काममा सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । स्वास्थ्य संस्था वरपर वृक्षारोपण गरी लायन्स क्लवहरुले सामाजिक काममा अगाडी वढेकोमा गुरुङले आगामी दिनमा यस्ता क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिए ।

footwear zone

सो अवसरमा वोल्दै जोन चियर पर्सन चिनु गुरुङले वोटविरुवाहरुको बारेमा जानकारी दिदै वोटविरुवा रोप्नु ठूलो कुरा नभएको यसलाई गोडमेल र हुर्काउनका लागी पनि लायन्स क्लवहरु लागी पर्नुपर्नेमा जोड दिईन् । लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ पोखरा सप्त गण्डकीका अध्यक्ष सविता श्रेष्ठले स्वागत गरेकी थिईन् । कार्यक्रम संयोजक लायन्स संयोजक एम जे एफ लायन कमल बहादुर बस्नेतले सवैलाई धन्यवाद व्यक्त गरे ।

लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका सचिव लालकाजी गुरुङले सञ्चालन गरेको कार्यक्रममा लायन्स क्लव ३२५ बी वान का अग्रज लायन्स लिडरहरुको समेत सहभागीता थियो ।

You might also like

Comments are closed.