लेखनाथ (कास्की) : प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी र पोखरा महानगरपालिकाको समन्वय तथा लेखनाथ उद्योग वाणिज्य संघको सहयोगमा उद्योगी व्यवसायी, सरकारी कार्यालय र संघसंस्थामा कार्यरत कर्मचारीहरुको आरटिपिसिआरका लागि नमुना संकलन भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको कार्यालयमा सोमबार नमुना संकलन गरिएको हो ।
समुदायमा बन्दाबन्दीको समय तथा बन्दाबन्दी खुकुलो भएपश्चात् कोभिड १९ को संक्रमणको अवस्था अप्रत्यक्ष रुपमा के कस्तो छ भन्ने उद्देश्यका साथ जनस्तरमा सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु, संघसंस्था, बैंक तथा वित्तीय संघसंस्थाका उद्योग प्रतिस्ठान तथा व्यावसायिक घरनाबाट अग्र पङ्तीमा रहि सेवा प्रदायक कर्मचारीहरु र उद्योग प्रतिष्ठान तथा व्यापारिक घरना जो ग्राहकसंग दैनिक प्रत्येक्ष सम्पर्कमा रहेकाहरु मध्येबाट प्रतिनिधित्व हुने गरि २ सय ४ जनाको आरटिपिसिआरका लागि नमुना संकलन गरिएको हो ।



Comments are closed.